
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेटवर्थसम्बन्धी लेखा समितिको निर्देशन उल्टाउँदै कानुनमा स्पष्ट भएको प्रावधान पालन गरी आईपीओ जारी गर्न भनेको छ ।कानूनमा नै स्पष्ट व्यवस्था नभएको नेटवर्थलाई देखाएर ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको साधारण सेयर आईपीओ नरोक्न भनी अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।
अर्थ समितिले कानूनमा नभएको नेटवर्थ देखाएर सेयर निष्कासन रोक्न नहुने जनाएको छ ।आईपीओ निष्कासनका लागि बोर्ड समक्ष अनुमति मागेका पब्लिक कम्पनीलाई कानूनमा उल्लेखित शर्तहरु पूरा भएको अवस्थामा नेटवर्थलगायत कानूनमा उल्लेख नभएका शर्तहरुका आधारमा रोक नलगाउन निर्देशन दिएइको छ ।
यसरी आईपीओ रोक्दा अर्थतन्त्रमा समेत असर पर्ने जनाएको छ । समितिले नेटवर्थका कारण सेयर निष्कासन गर्न रोकेका कम्पनीको विवरण तीन दिन भित्र पठाउन समेत बोर्डलाई निर्देशन दिएको छ ।यसअघि लेखा समितिले ९० वा सो भन्दा कम नेटवर्थ भएका कम्पनीलाई सेयर निष्कासन गर्न रोक्न निर्देशन दिएको थियो । त्यही निर्देशनलाई देखाएर बोर्डले २ वर्षदेखि आईपीओ रोकेको छ । आईपीओ रोकेपछि इप्पानले समितिमा विभिन्न समयमा उजुरी दिएको थियो । उजुरीको छानविन पछि यस्तो निर्देशन दिएको समितिसम्बद्ध स्रोतको भनाइ छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij