
काठमाडौँ । देशबाहिरबाट भित्र र भित्रबाट बाहिर जाँदा आउँदा लान ल्याउन वस्तुहरूकाृ व्यवस्थालाई सरकारले सुनिश्चित गरेको छ ।बजेटमा भारतीय पर्यटकलाई स्थलमार्गबाट ५ हजार डलर बराबर मुद्रा लिई नेपाल आउने बाटो खुला गरिएको छ ।सरकारले राजपत्रमा सूचना प्रकाशित गरी हवाई मार्ग वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ हजार अमेरिकी डलर बराबरको नेपालमा विनिमय हुने कुनै पनि विदेशी मुद्रा वा धारक विनिमय अधिकार पत्र (ट्राभलर्स चेक) साथमा ल्याउन पाउने गरी व्यवस्था सुनिश्चित गरेको हो ।
यसअघि भारतीय पर्यटकले २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउँने व्यवस्था थियो । अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा दिइएकै थियो । सो भन्दा बढी ल्याउनु परे भन्सार बिन्दुमा घोषणा गरी ल्याउन सकिने पनि सूचनामा जनाइएको छ । विदेशबाट फर्केका नेपाली यात्रुको हकमा भने यसअघि र नयाँ प्रावधानमा परिवर्तन गरिएको छैन् । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्किँदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको प्रयोग गरेको लुगाफाटो, घर गृहस्थीका पुराना सामान र औषधिमा महसुल नलाग्ने जनाइएको छ ।
आफूले प्रयोग गरेका ट्याबलेट, ल्यापटप वा डेस्कटप, घडी, क्यामरा, भिडियो क्यामरा र फोन एक एक थान समेत महसुल नतिरि ल्याउन सकिने प्रावधान छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा एक थान नयाँ मोबाइल ल्याउन पाउँने जनाइएको छ ।यसैगरी १२ महिना लगातार वैदेशिक रोजगारी गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपाली नागरिकले ल्याएको जुनसुकै आकारको टेलिभिजन एक थान समेत महसुल नतिरी ल्याउन सकिने जनाइएको छ । कोषमा सूचीकृत नभएका कामदारले भने ३२ इन्चसम्मको मात्र टेलिभिजन ल्याउन पाउँने जनाइएको छ ।
सूचनामा सुनको हकमा भन्सार महसुल ऐन २०८१ को अनुसूची ४ को प्रकरण एक बमोजिम तोकिएको मात्रामा सुन र सुनका गहना ल्याउने जनाइएको छ । सो ऐन अनुसार पहिलो ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुल तिरेर ल्याउन पाइन्छ । ५० ग्राम भन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत भन्सार तिरेर ल्याउन सकिने जनाइएको छ । सुनको गहनाको हकमा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल नलाग्ने जनाइएको छ । सो भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार महसुल लाग्छ । दोस्रो सीमा भन्दा बढी थप ५० ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनसुार लाग्ने महसुलका अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्ने ऐनमा छ ।तोकिएको मात्रा भन्दा बढी सुन वा गहना ल्याएमा भने जफत हुने ऐनको प्रावधान छ ।
विदेशी यात्रुले साथमा ल्याउन पाउने पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र एक सय ग्रामसम्म चाँदीका गहनाभन्दा बढी निजी प्रयोगका सुन तथा चााँदीका गहना पछि फिर्ता लैजाने गरी भन्सार कार्यालयमा घोषणा गरेमा त्यस्तो गहनाको मूल्यको २० प्रतिशत रकम धरौटी राखी ल्याउन दिइने जनाइएको छ । त्यसरी ल्याएको गहना यात्रु फर्कँदा भन्सार यसरी ल्याइएको गहना कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजान सकिने जनाइएको छ । त्यसरी परीक्षण गर्दा घोषणा गरेभन्दा फरक गणुस्तर तथा परिमाण भएमा भन्सार सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।भारतबाट विवाह लगायतका सामाजिक कार्यमा आउने यात्रलुे आफ्नो स्वःप्रयोजनका लागि ल्याउने गहना आफू फर्कँदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउन सकिने जनाइएको छ ।
यस्तो छ राजपत्र
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij