Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

ट्रेड टावर लिमिटेडको आईपीओ असार १ गते बाँडफाँट हुँदै, १८ लाखभन्दा बढी आवेदकको हात खाली हुने पक्का

ट्रेड टावर लिमिटेडको आईपीओ असार १ गते बाँडफाँट हुँदै, १८ लाखभन्दा बढी आवेदकको हात खाली हुने पक्का

  •  

    काठमाडौँ ।  ट्रेड टावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) आगामी आइतबार, असार १ गते बाँडफाँट गरिने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार, बाँडफाँट कार्यक्रम काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ९:३० बजे सुरु हुनेछ।

    कम्पनीको आईपीओमा अत्यधिक आवेदन परेको छ, जसले गर्दा बाँडफाँट गोलाप्रथामार्फत हुने निश्चित भएको छ। कुल २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्। तर, सीमित सेयर उपलब्ध भएकोले केवल ३ लाख २९ हजार ६५० जना मात्र भाग्यशाली रहनेछन्, बाँकी १८ लाख ४० हजार २४१ जनाले भने सेयर प्राप्त गर्ने अवसर गुमाउनेछन्।

    ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी डबल बी माइनसु इस्य'अर रेटिङ दिएको छ, जसले यसको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८१ माघ ७ गते दिइएको हो, जुन २०८२ माघ ७ गतेसम्म मान्य रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij