Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु

केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु

  • काठमाडौँ ।  केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । 

    भारतको उत्तराखण्ड स्थित गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।

    खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ ।  जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए। हेलिकप्टर गौरीमाई खर्कमाथिको जङ्गलमा खसेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij