
काठमाडौँ । प्रहरीले फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका चिकित्सक बालाजुमा सकुशल फेला परेका छन् । हरीले उनलाई सकुशल फेला पार्न सफलता पाएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले उनलाई बालाजुमा सकुशल फेला पारेको र सोधपुछ भइरहेको बताए ।
यसअघि साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार उनको खोजीकार्य भइरहेको बताएका थिए । बेपता भएका डा. श्रेष्ठले लेखेको फेसबुक स्ट्याटस यस्तो छ ।
मलाई माफ गरिदेउ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनु भयो। संघर्ष–संघर्षैमा डाक्टर पढ़े, करारको जागीर हुदै नेपाल प्रहरी हुदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट नाम निकाले । करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेंट भएर चलाउने मौका पाएँ । दिन–रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे।म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा–भाग हुन थाल्यो ।
डा गगन अधिकारी रामेछाप अस्पताल बाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरो विरुद्धम लगाई नै राख्यो, तर म डटेर नै काम गरे । एउटा व्यवस्थित अस्पताल बनाएँ पनि । हरेक कुरालाई सिस्टममा लिएर आएँ । केदार कार्कीले (रामेछाप–०८) मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यालय सहयोगीलाई जागीर नलगाउँदा उसको नेतृत्वमा मैले कारवाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु २ जना महिला डाक्टर) गरेका डाक्टरहरूलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झूठा आरोपहरू लगाएर मेरो सरुवा गराएँ । एप्रन किन नलगाएको भनेर एक जना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ । म माथी मुख–मुखै लागेर मर्निङ कन्फ्रेन्समा प्रस्तुत भई । त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्रकायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाडि, ३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिड्यो ।
केदारले भनेको बामोजिम अस्पताल चलाउनु पर्ने, उसले खाएको होटलको बिल तिर्नु पर्ने ,विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनु पर्ने । आफÞनो कार्यकक्षमा नबस्ने, आफÞनो बाउको राजनीति शक्तिको दम्भ देखाउने, बाहिर बिद संग सिडी आरडिपीको कमिसनको डिल गर्ने, पटक–पटक भन्दा पनि आफÞनो कार्यकक्षमा नबस्ने गरेको पाए पछि लिखित स्पष्टीकरण सोधेँ ।
त्यही स्पष्टीकरण सोधिएकाहरूलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्Þन बाध्य बनाईयो । अब भोलीको दिनमा स्पष्टीकरण खाएका, कारवाहीमा परेका करारका ४÷५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरु अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने ? मैले आफÞनो कुरा राखÞ्न खोजे तर सुनुवाई कतै भएन । न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिवले नै सुन्नु भयो ।
शरीरमा १६ वटा टाका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राती ९ बजे रामेछापबाट काठमाडांै आउन बाध्य पारियो । बिहान ४ बजे काठमाडौं आईपुगे अनि ८ बजे फेरी हाजिर हुन काठमाण्डौ बाट हेटौडा लागेँ । नयाँ आएको निमित्त मेसूलाई हाजिर गराउन सिडिओ कार्यालयमा कल गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाको लागी चाही किन सिडिओलाई कल गरिएन ? २०८२÷०२÷२८ गते दिउसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टापछि ४ बजे तिर मेरो सरुवा को पत्र अनि फेरी २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तीको न्यायोचित छ?
हेटौडा पुगेपछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृत कुमार पोखरेलले पनि अमानबिय व्यवहार गरि मैले बर–बुझार्थ केही नगरी मन्त्रालयमा गाड़ी खोसे, हाजिर पनि नगरेको लाई गाड़ी मा रामेछाप पठाईयो । मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अल्पत्र पारे । सरुवा गरिएको छ हेटौंडा अस्पतालमा तर हाजिर गराईएको छ मन्त्रालयमा । मलाई धेरै दुख दिए । अहिले यो दुख÷पिड़ा सहन अनि सोचन पनि सकेको छैन । मैले जÞिन्दगी बाट नै हार खाएं । कतै बाट केही साथ÷सहयोग पाउन सकिन ।
डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । म बाँचे भने न्याय पाउछु जस्तो लागेन । असत्यको जित भएको पनि मुर्गदर्शक भएर बस्न पनि मन लागेन । मैले बाचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्यवाही गर्ने, का.स.मू मा थोरै अंक दिने गर्ने थिए होलान, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान । म मानसिक रूपमा कमजोर हुन पुगे, अहिले बिक्षपत हुन पुगेको छ । वान म्यान आर्मी भनेर चिनिएको थिएँ अहिले आएर हार खाएँ ।
मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी । हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगेँ, एक्लै लड़ने मान्छे आज आएर गलि सकेको छु । मलाई साथ दिएर यहा सम्म लिएर आउने डा अनिल कार्की , बद्री खड़का सर , माननीय उत्तम जोशी सर हजुरहरू लाई धेरै धन्यवाद छ । तपाईहरूले दिएको जिम्मेवारी ईमानदारीका साथ निर्वाह गरि अस्पताल बनाएँ । तर आज आएर मैले गÞल्ति बिनाको सजाय भोगेको छु । आज मलाई दुख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरू ले कानून बमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ती पाउने छैन । दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाएँ । १५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुदा बागमती को दोस्रो)अहिले पुरस्कृत हुनु पर्नेमा कार्रवाही खाएको छु । नेपालमा नै केही गरौ भनेर बसेको अहिले पश्चाताप लागेको छ । यथार्थ के हो भन्ने कुरा छबि सर (अस्पताल प्रशासन), बसन्त, डोर बहादुर सर तपाई हरू लाई थाहा छ, भोली परेको बेला यथार्थ कुरा बोलिदिनु होला । यही हो यथार्थ कुरा, धेरै ले बुझ्न, सुन्न नै खोजनु भएन । मेरो लाश माथी राजनीति नहोस तर यी अपराधीहरू लाई कानूनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु । फेरी पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाई–बुहारी, बहिनी अनि भान्जी ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij