
नयाँदिल्ली । भारत सरकारले एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवालाई देशभित्र सञ्चालन गर्न अनुमति दिएको छ। भारतका सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले यस कदमले ूकनेक्टिभिटीको अर्को सीमाू खोलेको उल्लेख गर्दै, दुर्गम भेगमा उच्च गतिको इन्टरनेट पहुँचलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन्।
स्टारलिङ्कले पृथ्वीको निम्न कक्षामा रहेका उपग्रहहरू प्रयोग गरेर इन्टरनेट सेवा प्रदान गर्छ, जसले विशेष गरी ग्रामीण तथा पहुँच नपुगेका क्षेत्रमा प्रभावकारी जडान सम्भव बनाउनेछ। सेवा सुरु हुनु अघि नै यसको मूल्य निर्धारण, स्पेक्ट्रम बाँडफाँट, र प्रतिस्पर्धा सम्बन्धी विषयहरूमा भारतमा बहस चर्किएको छ।
मन्त्री सिन्धियाले स्पेसएक्सका अध्यक्ष तथा प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ भएको जनाउँदै, सटवेलले स्टारलिङ्कलाई प्राप्त इजाजतलाई “यात्राको उत्कृष्ट सुरुवात” भनेको जानकारी दिए। उनले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्स ९पूर्व ट्विटर० मा दिएका थिए।
यो निर्णय भारतका दुई ठूला टेलिकम कम्पनीहरू – जिओ प्लेटफर्म्स र भारती एयरटेल – ले स्पेसएक्ससँग स्टारलिङ्क सेवा ल्याउने सम्झौता गरेको घोषणा पछि आएको हो।
स्पेसएक्सका मालिक एलन मस्कले पनि भारतमा आफ्ना विविध व्यापारिक चासोहरू विस्तार गर्ने योजना बनाएका छन्। हाल मस्कको भारतमा उपस्थिति मुख्यतः एक्समार्फत सीमित रहे पनि, टेस्ला पनि निकट भविष्यमै भारतीय बजारमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij