Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न संघसंस्थाहरूद्वारा अन्तर्राष्ट्रिय योग दिवस मनाउन आह्वान

  • काठमाठौँ । आयुर्वेद चिकित्सासँग सम्बन्धित विभिन्न अस्पताल तथा संघस्थाहरूले ‘ सिँगो  पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’ आदर्श वाक्यका साथ ११औंँ अन्तराष्ट्रिय योग दिवस मनाउन आग्रह गरेका छन् ।उनीहरूले शुक्रबार एक  पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी  यस्तो आग्रह गरेका हुन् ।

    yog1.jpg

    उनीहरूले पूर्वीय दर्शनमा आधारित नेपालको प्राचीन, मौलिक तथा राष्ट्रिय चिकित्सा पद्धतिका रुपमा आयुर्वेद चिकित्सा सेवालाई स्वास्थ्य सेवा अन्तर्गत नागरिकहरुको प्रवर्धनात्मक, उपचारात्मक, निरोधात्मक आदि माध्यम द्वारा निरोगी बनाउने गरिएको बताएका छन् ।  स्वस्थ समाज निर्माणका लागि मेरो स्वास्थ्य मेरो जिम्मेवारीको बोध गर्दै समग्र स्वाथ्यको सबलीकरणका लागि आधारभूत स्वास्थ्य सेवा दिएर  योगको माध्यमबाट रोगको रोकथाम गर्न सकिने उनीहरूले विश्वास व्यक्त गरेका छन् शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्य रक्षाका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्साका सेवा प्रदायक संस्थाहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, संघीय–प्रादेशिक, जिल्ला स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, आयुर्वेद औषधालय, नागरिक आरोग्य सेवा केन्द्र, आयुर्वेद शिक्षणण् अस्पताल, अन्य गैह्रसरकारी चिकित्सालयहरु द्वारा विभिन्न कार्यक्रम, क्रियाकलाप तथा जनजागरण अभियान मार्फत निरोगी नेपाल स्वस्थ समाज निर्माणका लागि कार्यहरु संचालनमा रही आएको उनीहरूले जनाएका छन् । 

    संघीय संरचनामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्साका संस्थाहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु काठमाडौँ , नरदेवी आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौँ , सिंहदरबार वैद्यखाना, अनामनगर, काठमाडौँ, राष्ट्रिय आयुर्वेद अनसन्धान तथा तालिम केन्द्र, किर्तिपुर, आयुर्वेद चिकित्सा परिषद नेपाल, प्रादेशिक अस्पताल कोशी झापा लखनपुर, प्रादेशिक अस्पताल, धनगढी, सुदुर पश्चिम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखासमेतले संयुक्तरूपले सबैलाई  ‘सिँंगो पृथ्वी, समग्र स्वास्थ्यको लागि योग’  आदर्श वाक्यका साथ ११औँ अन्तराष्ट्रिय योग दिवस मनाउन आग्रह गरेका हुन् । पत्रकार अन्तरक्रिया कार्यक्रममा   डाइरेक्टर श्याम बाबु यादव, आयुर्वेदिक चिकित्सक डा. वंशदिप शर्मा खरेल र कविराज  कृष्ण श्रेष्ठले योग र आयुर्वेद चिकित्साका बारेमा जानकारी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij