Logo

Jun 21 2025 | २०८२, असार ७गते

Jun 21 2025 | २०८२, असार ७गते

images

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

  • भोजपुर ।यहाँ भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यसअघि सङ्कलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । 

     

    षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिनुभयो । 

     

    सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर आएकाको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ ।

     

    “हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौँ” अध्यक्ष चौलागाइँले भन्नुभयो, “षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ । अन्य पालिकामा पनि काम अघि बढाएका छौँ ।”

     

    भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको तथ्याङ्क सङ्कलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो । अन्तिम प्रमाणीकरणमा परेकालाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij