Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

देशभर मनसुनी प्रभाव : केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी प्रभाव : केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, मधेस र गण्डकी प्रदेश लगायत अन्य केही स्थानमा हल्का वर्षा भैरहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेश र पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

    रातिको मौसमसमेत दिनको जस्तै रहने अनुमान गरिएको छ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदीको जलसतह बढ्ने, बाढी, पहिरो र भूक्षयजस्ता सम्भावित जोखिमहरूबाट जोगिन मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij