Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

४२ दिने भाखामा ६० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

४२ दिने भाखामा ६० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन बोलकबोलकर्तालाई आह्वान गरेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ निक्षेप ४२ दिनका लागि उठाउन  बोलकबोलर्तालाई आह्वान गरेको हो ।

    यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। आइतबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुने जनाइएको छ ।राष्ट्र बैंकले साँवा तथा ब्याज साउन १८ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब १२ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी नै रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij