Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

युनाइटेड अजोड इन्सुरेन्सको वार्षिक सभा असार ३० गते, ५१०% बोनस सेयर प्रस्ताव

युनाइटेड अजोड इन्सुरेन्सको वार्षिक सभा असार ३० गते, ५१०% बोनस सेयर प्रस्ताव

  • काठमाडौं।युनाइटेड अजोड इन्सुरेन्सले आफ्नो वार्षिक साधारण सभा आगामी असार ३० गतेका लागि निर्धारण गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०:३० बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह लगायतका विषयमा छलफल गर्नेछ।

    त्यसैगरी, कम्पनीले ५१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा रहेको छ।

    सभा तथा लाभांशका लागि कम्पनीले असार १९ गते बुक क्लोज गर्ने जनाएको छ, जस अनुसार असार १८ गतेसम्म सेयरधनी सूचीकृत भएका लगानीकर्ताले सभामा सहभागी हुन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij