Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

आईपीओ निष्कासनको तयारीमा ठमेल प्लाजा होटल, विशेष साधारण सभा असार २४ मा

आईपीओ निष्कासनको तयारीमा ठमेल प्लाजा होटल, विशेष साधारण सभा असार २४ मा

  •  

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्सले सर्वसाधारणलाई लक्षित गरी आईपीओ निष्कासनको तयारीस्वरूप आगामी असार २४ गते विशेष साधारण सभा आह्वान गरेको छ। सभा कम्पनीको कार्यालय, ठमेल काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने तय भएको छ।

    आईपीओ प्रक्रिया अघि बढाउन कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ। प्रस्तावित योजनाअनुसार, कम्पनीले १० लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्ने तयारी गरेको छ। यस सम्बन्धी प्रस्ताव पारित गरी आवश्यक सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पनि सभाबाट हुने अपेक्षा गरिएको छ।

    सभामा भाग लिन चाहने सेयरधनीका लागि असार २१ गते बुक क्लोज मिति तोकिएको छ, जसअनुसार असार १९ गतेसम्म सेयर रजिष्ट्रारमा नाम उल्लेख भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

    चारतारे होटल ूरामदा इन्कोर काठमाडौं ठमेलू सञ्चालन गरिरहेको यस कम्पनीले यसअघि ७०।३० प्रतिशत हकप्रद सेयर बिक्री गरिसकेको थियो, र अब आईपीओमार्फत आमनागरिकको लगानी संलग्न गराउने योजना अघि सारेको हो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij