Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

विनियोजन विधेयक प्रस्तावको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

  •  

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पुर्ण सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

     

    एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

     

    नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेश गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij