Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

ह्याविट्याट पावर कम्पनीको विशेष साधारण सभा असार २५ गते, आईपीओ र हकप्रद शेयर निष्कासनको तयारी

ह्याविट्याट पावर कम्पनीको विशेष साधारण सभा असार २५ गते, आईपीओ र हकप्रद शेयर निष्कासनको तयारी

  •  

    काठमाडौं । ह्याविट्याट पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित विभिन्न महत्त्वपूर्ण एजेन्डा पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सो विशेष साधारण सभा आगामी असार २५ गतेका लागि तय गरिएको छ।

    कम्पनीले जारी पूँजी वृद्धि गर्ने र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ। साथै, आईपीओ तथा हकप्रद शेयर सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव समेत सभामा पारित गरिनेछ। प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।

    विशेष साधारण सभाको प्रयोजनका लागि कम्पनीले असार २० गते बुक क्लोज मिति तोकेको छ। त्यसअनुसार, असार १९ गतेसम्म नाम रहेको शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij