Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

खानीखोला हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

खानीखोला हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति

  •  

    काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। कम्पनीले १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्नेछ। यस प्रक्रियाको बिक्री प्रबन्धकको जिम्मेवारी सिटिन्स क्यापिटलले लिएको छ।

    कम्पनीले हकप्रद सेयरमार्फत संकलन हुने पूँजी बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि कम्पनीको कुल पूँजी दोब्बर भई ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ, जसले कम्पनीको वित्तीय स्थायित्वमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij