Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगु जिल्लाका जलन का बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगु जिल्लाका जलन का बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार

  • काठमाडौँ ।  ईन्टरप्लास्ट नेपालको सहयोगमा मुगु जिल्लाका जलन का बिरामीहरुलाई यातायात खर्च सहित सुषमा कोईराला अस्पतालमा निःशुल्क उपचार  गरिएको छ । सुषमा कोईराला मेमोरियल अस्पताल ले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, खत्याड गाँउपालीका,सोरु गाँउपालिका,मुगम कामारोग गाँउपालिका मा डा मनोहर कृण्ण यादव ,डा सुवाष चौलागाई तथा विवेक कार्की को नेतृत्वमा एक हप्ता निःशुल्क जलन उपचार शिविर संचलन गरेको थियो सो क्रममा जलनमा परेर अंगभंग भएका तथा जन्मजात अंगभंग भएका ८६ जना बिरामीहरुलाई निःशुल्क रुपमा थप उपचारको लागी सुषमा कोईराला मेमोरियल अस्पताल काठमाण्डौमा रिफर गरिएको थियो । उपचार को लागी रिफर गरिए पनि आर्थिक अभावका कारण काठमाण्डौ आउन जान लाग्ने खर्च तथा खान बस्न लाग्ने खर्चको अभावले गर्दा बिरामीहरु उपचार को लागि आउन असंम्भव रहेको कुरा बिरामीहरुमा मार्फत जानकारी प्राप्त भए पछि सुषमा कोईराला मेमोरियल अस्पतालको पहलमा ईन्टरप्लास्ट नेपाल ले बिरामीको आउने जाने यातायात खर्च व्यहेरिदिने साथै व्याक टु लाईफ संस्थाले बिरामीको खाना खर्च व्यहेरिदिने व्यवस्था गरि बिरामीहरु लाई उपचारको लागी सहयोग गरेको थियो जसमा रिफर भएका बिरामीहरु मध्ये २० जना काठमाण्डौ आएर थप उपचार लिएका थिए ।

    रिफर भएर उपचारका लागी काठमाण्डौ आएका  बिरामीहरुले आर्थिक अभावका कारण उपचार गराउन नसकेकोमा ईन्टरप्लास्ट नेपाल, व्याक टु लाईफ , तथा सुषमा कोईराला मेमोरियल अस्पताल ले यसरी यातायात खर्च सहित खान बस्ने तथा निःशुल्क उपचार मिलाईदिएकोमा खुसी व्यक्त गरेका थिए । ईन्टरप्लास्ट नेपाल का अध्यक्ष डा सन्तोष विक्रम भण्डारी ले उपचारको लागी यातायात खर्च, निःशुल्क खान बस्ने तथा निःशुल्क उपचार को व्यवस्था  गराउदा समेत बिरामीहरु उपचारको लागी नआउनु मा दुख व्यक्त समेत गर्नु भएको थियो ।ईन्टरप्लास्ट नेपालले जलन रोकथाम सम्बन्धी बिभिन्न तालिम हरु तथा जलनमा परेका बिरमाीहरु लाई सहयोग गर्नु का साथै नेपालकै पहिलो जलन अस्पताल सुषमा कोईराला मेमोरिय अस्पताल लाई सहयोग गदै आईरहेको छ । ईन्टरप्लास्ट नेपालले सुषमा कोईराला मेमोरिय अस्पताल तथा राष्ट्रिय स्वास्थ्य तालिम केन्द ले आयोजना गरेको जलन सम्बन्धी तालिमहरुलाई सहयोग समेत गदै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij