Logo

Jun 25 2025 | २०८२, असार ११गते

Jun 25 2025 | २०८२, असार ११गते

images

इरानबाट थप ७ नेपाली स्वदेश फर्किँदै, भारतीय सहयोगमा उद्धार

इरानबाट थप ७ नेपाली स्वदेश फर्किँदै, भारतीय सहयोगमा उद्धार

  • काठमाडौं। इरानमा फसेका थप सात जना नेपाली नागरिक बुधबार स्वदेश फर्किंदै छन्। भारतीय दूतावासको सहकार्यमा उद्धार गरिएको ती नेपालीहरू इरानको मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्कन लागेका हुन्।

    दिउँसो दिल्ली हुँदै फर्किनेमा सागर पौडेल, बुद्धि भुसाल, गायत्री कार्की र उनका छोरा उत्सव थापा छन् भने साँझ यज्ञ मरासिनी, राजु खनाल र विष्णुप्रसाद भुसाल नेपाल आउने तयारीमा छन्।

    उनीहरू मंगलबार नै फर्किने तयारीमा थिए, तर एक्जिट परमिट नपाउँदा उडान रोकिएको थियो। यद्यपि, परमिट प्राप्त गरेका बुटवलका सुमन गैरे र गणेश पोखरेल भने मंगलबार नै दिल्ली हुँदै नेपाल फर्किएका छन्।

    भारतीय सहयोगमा उद्धार हुने प्रक्रिया अनुसार, प्रभावित नेपालीहरू आइतबार बसमार्फत मसहद विमानस्थलसम्म ल्याइएका थिए। उद्धारमा संलग्न धेरैजसो नेपाली दूतावास वा स्थानीय रेष्टुरेन्टमा काम गर्दै आएका थिए।

    यसबीच, इजरायलमा पनि युद्धको जोखिम बढेसँगै त्यहाँ रहेका करिब ५,500 नेपाली नागरिकलाई उद्धार गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणाले विभिन्न मन्त्रालयहरूसँगको बैठकमा दुवै देशबाट नेपालीलाई सुरक्षित फर्काउने योजना साझा गरेकी थिइन्।

    इरान र इजरायलबीच हाल बढ्दो तनाव र आणविक कार्यक्रमसम्बन्धी विवादका कारण स्थिति जटिल बन्दै गएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहूले इरानको आणविक गतिविधिलाई लिएर सैनिक कारबाहीको घोषणा गरेपछि क्षेत्रीय द्वन्द्व चर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij