
काठमाडौँ । राजस्व अनुसन्धान विभागद्वारा राजस्व चुहावट कसुरमा ६५ लाख बढीको मुद्दा दायर गरिएको छ ।राजस्व अनुसन्धान विभागले मंलगवा नगरपालिका वडा न ५ बस्ने सैराजुलमिया मुकेरी र बर्दिवास नगरपालिका वडा न २ बस्ने तेजबहादुर खत्री विरुद्ध राजस्व चुहावट कसुरमा शतप्रतिशत बिगोको जरिवाना समेत गरी ६५ लाख बढीको मुद्दा दायर गरेको हो ।
विभागले ललितपुर जिल्ला टिकभैरब स्थानबाट सारी सुटिङ कपडा ग्वालियर समेतका मालवस्तु बोकेको ढुवानी साधन , शंकास्पद भीसीटीएस तीन थान, प्रज्ञापनपत्र ४ थान, बिल बीजक तीन थानसमेतको अनुसन्धान गर्न भनिएकोमा अनुसन्धान गर्दा राजस्व चुहावट ठहर गरेको थियो । प्रतिवादी मुकेरी र खत्रीको प्रस्तुत कार्य राजस्व चुहावट ऐन अन्तर्गको कसुर भएको र सो कसुरमा बिगो ३२ लाख ९६ हजार ९ सय १३ रुपैयाँ कायम गरी सोको शतप्रतिशत जरिवाना गरी ६५ लाख९३ हजार ८ सय २६ रुपैया प्रतिवादीहरूबाट भराइ ६ महिनासम्मको कैद सजाय मागदाबी गरी मुद्दा दायर गरिएको हो । विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार उक्त मुद्दा उच्च अदातल पाटनमा असार ११ गते दायर गरिएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij