Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

राजस्व अनुसन्धान कार्यालय बुटवलद्धारा नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मासमेत विरुद्ध ७ करोड बिगो मागसहित मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय बुटवलद्धारा नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मासमेत विरुद्ध ७ करोड बिगो मागसहित मुद्दा दायर

  • बुटवल। राजस्व अनुसन्धान कार्यालय बुटवलले करिव ७ करोड बिगोदावीसहित राजस्व  चुहावटमा  मुद्दा दर्ता गरेको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलले नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्मासमेत विरुद्ध  राजस्व अनुसन्धान कार्यालय बुटवलले बुधबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो । 

    पश्चिमनवलपरासीको रामग्राम नगरपालिका, वडा नं ८ स्थित बिक्रेता नवज्योती ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव र क्रेता आगवन स्टोर्स एण्ड अर्डर सप्लायर्सका सन्चालक पुष्पा शर्माले सञ्चालन गरेको व्यवसायमा कानुन विपरीत कारोबार भएको प्रमाणका आधारमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धत्रान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए । 
    बिक्रेताले ५० लाखभन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको देखिएता पनि करदाता मूअकरमा दर्ता नभएको र पटकपटक चामलको बिल बनाई अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको देखिएको दायर गरिएको मुद्दामा जनाइएको छ ।

    कार्यालयले सौरभ यादवको हकमा मुअ कर र भन्सार चोरी पैठारी तर्फको जम्मा बिगो तीन करोड सड्चालिस लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैयाँ तेईस पैसा कायम गरी प्रतिवादीबाट बिगो असुल उपर गरी शतप्रतिशत रकम जरिबानासहित हदैसम्मको कैद सजाय र प्रतिवादी क्रेता पुष्पा शर्मालाई भन्सार चोरी पैठारीतर्फको एघार लाख एकहत्तर हजार पाँच सय बिगो कायम गरी बिगो जफत गरी शत प्रतिशत रकम जरिबानासहित हदैसम्मको कैद सजाय, प्रतिवादी हिक्मतप्रसाद आचार्यको हकमा क्रेता पुष्पा शर्मालाई प्रत्यक्ष सघाएको देखिएकोले आधा सजाय मागदावी र प्रतिवादी विनोद थापालाई राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पुष्टि भएकोले जरिवाना माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij