Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आज संघीय संसद्का चार समिति सक्रिय : शिक्षा, भन्सार, विपद् र न्यायाधीश सिफारिसमा हुँदै छलफल

आज संघीय संसद्का चार समिति सक्रिय : शिक्षा, भन्सार, विपद् र न्यायाधीश सिफारिसमा हुँदै छलफल

  • काठमाडौं ।संघीय संसद् अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक तय गरिएको छ। बैठक बस्न लाग्ने समिताहरूमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति रहेका छन्।

    बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक सुरु हुनेछ, जसमा भन्सार विधेयक २०८० सम्बन्धमा दफावार छलफल गरिनेछ। त्यसपछि बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्नेछ। बैठकमा मनसुनसँगै आउने सम्भावित विपद्‌को जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आवश्यक तयारीबारे गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवाला निकायहरूसँग छलफल हुनेछ।

    यसैगरी, संसदीय सुनुवाइ समिति ९संयुक्त० को बैठक पनि बिहान ११ बजेका लागि तय गरिएको छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूमाथि परेका उजुरीहरू खोलिनेछ र सदस्यहरूलाई आगामी कार्ययोजना उपलब्ध गराइनेछ।

    दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक हुनेछ, जहाँ विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिने कार्यसूची रहेको छ।

    गत जेठ २७ गते बसेको न्याय परिषद्को बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। अब संसदीय सुनुवाइ विशेष समितिको अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij