Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

त्रिभुवन र पोखरा विमानस्थलका महाप्रबन्धकको जिम्मेवारी हेरफेर, पाण्डे र निरौलालाई नयाँ जिम्मेवारी

त्रिभुवन र पोखरा विमानस्थलका महाप्रबन्धकको जिम्मेवारी हेरफेर, पाण्डे र निरौलालाई नयाँ जिम्मेवारी

  • काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुखहरूबीच जिम्मेवारी हेरफेर गरेको छ।

    बुधबार बसेको प्राधिकरणको बैठकले यो निर्णय गरेको हो। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ।

    उक्त निर्णयअनुसार निरौलाको स्थानमा हंसराज पाण्डेलाई त्रिभुवन विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। पाण्डे यसअघि नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताको भूमिकामा पनि रहेका थिए।

    त्यस्तै, हालसम्म पोखरा विमानस्थलको नेतृत्व सम्हालिरहेका प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij