काठमाडौँ । कम्प्युटर, ल्यापटप तथा कप्युटरजन्य पार्टपुर्जाहरूको ठुलो कारोबार गर्ने नागमणि इन्टरनेशनल, लेडिज जुत्ता चप्पलको ठुलो कारोबार गर्ने अनिता बिजनेस हाउस र अरनिको फुटवेयरले ठुलो मात्रामा राजस्व छलेको पाइएको छ ।
नागमणि इन्टरनेशनल, अनिता बिजनेस हाउस र अरनिको फुटवेयरका सञ्चालकहरू हेमन्त सर्राफ , अमित सर्राफ र राजकुमार सर्राफले लेडिज जुत्ता चप्पलको आयात तथा कारोबारमा ठुलो मात्रामा राजस्व छली गरेको बताइएको हो । काठमाडौँको रञ्जना गल्लीस्थित एप्पल प्लाजामा सर्राफहरूले लेडिज जुत्ताको कारोबार गर्ने स्थल छ भने न्यूरोडस्थित एङ्गलमा कम्प्युटर , ल्यापटप तथा त्यसका पार्टपुर्जा बिक्री वितरण गर्ने नागमणि इन्टरनेशनल रहेको छ ।
एङ्गलमा रहेको त्रिवेणी टावर सर्राफहरूकै हो । नागमणि इनटरनेशनल अमित सर्राफले हेर्ने गर्दछन् भने जुत्ता चप्पलको काम हेमन्त सर्राफले हेर्ने गर्दछन् । असुस ,लेनोभालगायतका ल्यापट तथा कम्प्युटरको एजेन्सी समेत रहेको नागमणि इन्टरनेशनल नेपालमै कम्प्युटर र कम्प्युटर पार्टहरूको ठुलो कारोबारी मध्येको एक भएको व्यापारीहरू भनाइ छ । नागमणि इन्टरनेशनल प्रालि असुस, लेनोभालगायतका ल्यापटप, कम्प्युटर र तिनका पार्टपुर्जाको बिक्री वितरण गर्ने ४५० बढी डिलर र रिटेलरहरूको नेटवर्क भएको ठुलो कम्पनी भएको बताइन्छ ।
यसैगरी सर्राफहरूले विगत लामो समयदेखि लेडिज जुत्ता चप्पलको ठुलो कारोबार गर्दै आएका छन् ।
सर्राफहरूले सञ्चालन गरेका कम्पनीहरूले लेडिज जुत्ताको कारोबारमा ठुलो मात्रामा राजस्व छली गरिरहेको आशंकामा राजस्व अनुसन्धान विभागले अनिता बिजनेस हाउस र अरनिको फुटवेयरलगायत सर्राफहरूले सञ्चालन गरेका कम्पनीहरूको कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको समाचार स्रोतले बताएको छ । सर्राफ एन्ड कम्पनीहरूको अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले झण्डै एक महिना अगाडि सर्राफहरूले सञ्चालन गरेका जुत्ता चप्पल कम्पनीहरूको कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइन्छ ।

सर्राफहरूले सञ्चालन गरेका कम्पनीहरूले मूल्य अभिवृद्धि कर, आयकर, भन्सार राजस्व तथा अन्य शीर्षकमा समेत कर छलेको बताइन्छ । सर्राफहरूले भीआईएनसीसीआई(खष्लअअष्) ब्राण्डका लेडिज जुत्ता चप्पलको आयात तथा कारोबारमा विगत लामो समय देखि विभिन्न शीर्षकमा राजस्व छली गर्दै आएको बताइएको छ ।यससम्बन्धमा नागमणि इन्टरनेशनल, अरनिको फुटवेयर र अनिता बिजनेस हाउसका सञ्चालकहरूसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij