
काठमाडौँ । सरकारले माग सम्बोधन नगरेपछि सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ पुनः सडक आन्दोलनमा उत्रिएका हुन् ।
बजेटमार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका छन् । ५ असारदेखि आन्दोलन स्थगित गरेका सुनचाँदी व्यवसायीहरूले फेरि आन्दोलन सुरु गरेका छन् ।सरकारले बजेट संशोधनको बेला माग सम्बोधन गर्ने आश्वासन दिएको थियो । त्यसैले उनीहरूले आन्दोलत स्थगित गरेका थिए । उनीहरू माग पूरा नभएपछि पुनः आन्दोलनमा उत्रिएका हुन् ।
यसअघि पनि उनीहरू बजेट मार्फत सरकारले सुनका सबै किसिमका गरगहनामा लगाएको २ प्रतिशत विलासी कर खारेज गर्नुपर्ने, बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने माग राख्दै उनीहरू व्यवसाय बन्द गरेर आन्दोलनमा थिए ।उनीहरूले असार मसान्तभित्र माग सम्बोधन नभए विभिन्न विषयगत समूह मार्फत साझा संघर्ष तथा सशक्त आन्दोलन गर्ने चेतावनी व्यवसायीले दिएका छन् ।
विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने थियो । तर, अहिलेको बजेट मार्फत अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क लाग्ने भएको छ। बैंक वा होलसेल (थोक) पसलले ढिक्का सुन बेच्दा पनि २ प्रतिशतको विलासिता शुल्क लागु हुन थालेको हो ।जुनसुकै मूल्यका सुनका गहना खरिदमा पनि २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्थाका कारण सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था आएको सुनचाँदी व्यवसायीहरूले बताएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij