Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

इटालीको भेनिसमा जेफ बेजोस र लोरेन सान्चेजको महँगो विवाह : विश्वका चर्चित अनुहारहरूको भव्य जमघट

इटालीको भेनिसमा जेफ बेजोस र लोरेन सान्चेजको महँगो विवाह : विश्वका चर्चित अनुहारहरूको भव्य जमघट

  • काठमाडौँ ।अमेरिकी अर्बपति जेफ बेजोस र उनकी प्रेमिका लोरेन सान्चेजको विवाह उत्सवले इटलीको ऐतिहासिक सहर भेनिसलाई झिलिमिली बनाएको छ। तीन दिनसम्म चल्ने भनिएको यो समारोह बिहीबारदेखि सुरु भएको हो।

    भेनिसका ऐतिहासिक स्थलहरूमा आयोजना गरिएको विवाहमा हलिउडका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको छ। अभिनेता अरलान्डो ब्लुम, फुटबलर टम ब्र्याडी, व्यवसायी तथा मोडल काइली जेनर, अभिनेत्री किम कार्दाशियन र लिओनार्दो डिक्याप्रियो जस्ता नामचीन सेलिब्रेटीहरू पानी जहाजमार्फत विवाह स्थलतर्फ लागेका थिए।

    झन्डै ३० वटा वाटर ट्याक्सी प्रयोग गरेर पाहुना स्वागत समारोहमा सहभागी भए, जुन म्याडोना डेल’ओर्टो चर्च नजिकको एक ऐतिहासिक गुम्बजमा आयोजना गरिएको थियो। प्रसिद्ध नेपोलिटन शेफद्वारा बनाइएका विशेष पिज्जाहरूले पाहुनालाई सत्कार गरिएको थियो।

    करीब २०० पाहुनाको उपस्थिति रहने यो विवाह समारोहमा करिब ५५।६ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ, जसबाट स्थानीय अर्थतन्त्रले ३५।१ मिलियन डलरसम्मको फाइदा उठाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij