Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सन नेपाल लाइफले २ लाखभन्दा बढी सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य १०० रुपैयाँ

सन नेपाल लाइफले २ लाखभन्दा बढी सेयर लिलामीमा ल्याउँदै, न्यूनतम मूल्य १०० रुपैयाँ

  • काठमाडौँ ।सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले असार २३ गतेदेखि आफ्ना बाँकी सेयरहरू लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले यसपटक कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याउने योजना बनाएको छ, जसमा संस्थापक समूहका ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहका १ लाख ४६ हजार ५०६ कित्ता सेयर समावेश छन्।

    लिलामीमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रति कित्ता दरको आधारमा प्रतिस्पर्धात्मक बोलपत्र दिनुपर्नेछ। संस्थापक सेयरमा कम्तीमा १ हजार कित्ता, भने सर्वसाधारण समूहतर्फ कम्तीमा १ सय कित्ता देखि सुरु गरेर सबै कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

    अन्तिम आवेदन म्याद असार ३० गतेसम्म कायम गरिएको छ। बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड ले लिएको छ, जसको कार्यालय काठमाडौंको लेखनाथ मार्ग (ठमेल) मा रहेको छ।

    यसअघि कम्पनीले वैशाख ३० देखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। बिक्री नभएका बाँकी सेयरलाई अब लिलामीमार्फत निष्पादन गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसँगै सन नेपाल लाइफको तोकिएका शाखा कार्यालयहरू बाट पनि आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij