Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

नेपाल राष्ट्रिय रोलार डर्बी प्रशिक्षण अन्तिम चरणमा

नेपाल राष्ट्रिय रोलार डर्बी प्रशिक्षण अन्तिम चरणमा

  • काठमाडौँ । कोरियाको इन्चोक सिटिमा July १८ बाट शुरु हुने 18 औँ World Asian Skate Championshipमा सहभागी हुन नेपाली महिला तथा पुरूष तर्फका रोलर डर्बी खेलका खेलाडीहरुको प्रशिक्षण अन्तिम चरणमा पुगेको छ।जसमा खेलाडीहरुले स्केट र सेफ्टी गियर का साथ नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन्। 

    darbi2.jpg

    रोलर डर्बि खेलको प्रशिक्षण काठमाण्डौको स्केट भेन्यु, जडिबुटी, डाइनामिक्स् क्लब, भक्तपुर र रक एण्ड र्याकेट पार्क, बुढानिलकण्ठ मा विगत लामो समय देखि नियमित रुपमा हुँदै आइरहेको छ। आधारभुत देखी विशिष्ट तहका यस तालिममा नियमित तर्फ १२ जना पुरुष र १२ जना महिलाले तालिम प्राप्त गरेका हुन । २३×३३ मिटर को ओभल रिङ्ग्स् तथा ट्रयाक मा ५/५ जनाले १ घण्टा खेल्ने यस कन्ट्याक्ट खेल जोखिमपुर्ण तर निकै रोमाञ्चक हुने गर्दछ । आगामी १८औँ एसियन च्यामपियनसिप लाइ लक्षीत गर्दै गरिइएको प्रशिक्षण अन्तिम चरणमा रही खेलको Strategic Planning for Competition in B/W मा प्रवेश गरेको प्रमुख प्रशिक्षक दिलिप राज बरालले जानकारी दिए ।

    darbi1.jpg

    यो खेल खेल्न तथा संचालन गर्नको लागि यसको प्रविधिक पक्षको बारेमा बिषेष ज्ञान हुन आवस्यक छ। खेल खेल्नको लागी खेलाडीहरुको शारिरिक तथा मानसिक स्वास्थ्य राम्रो हुन आवस्यक हुन्छ।खेलाडीहरुको द्रुत निर्णय (Quick decision) क्षमताले खेलको नतिजामा फरक पर्न सक्ने हुँदा यस्तो निर्णय लिन सक्ने खेलाडीहरुलाई यस खेलमा अब्बल मानिन्छ।

    “भारतको पञ्जाब राज्यमा विश्व स्केट की अन्तराष्ट्रिया प्रशिक्षक  एलेन फ्रेन्च र भारतिय प्रशिक्षक सन्दिप भटनागरले समेत नेपाली टिमका राष्ट्रिय खेलाडिहरु, अफिसियल, र प्रशिक्षक लाई प्रशिक्षीत बनाई प्रतिस्पर्धाको लागी अझै बलियो बनाइएको छ” नेपालका एक मात्र ए–क्लास लाइसेन्स प्राप्त प्रशिक्षक बरालले स्पष्ट गरे।

    नेपाली स्केटर्स शारिरिक रुपले तन्दुरुस्त, मानसिक रुपले चुस्त र नैतिकबान भएकोले यस प्रकृतीको प्राविधिक खेल त्यस माथी पस्चिमा देशबाट उत्पत्ती भए पनि नेपाली खेलाडीहरु यस खेलको लागी विश्व प्रतिष्पर्धाका लागी योग्य रहेका छन् ।नेपालका बिभिन्न जिल्लाहरुबाट प्रशिक्षणमा रहनु भएको खेलाडीहरुबाट उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरु राष्ट्रिय टिममा सहभागी भई बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा प्रतिस्पर्धाका लागी तयार भएका र विश्वका कुनै पनि राष्ट्रमा हुने Regional तथा Global Competition का उच्चस्थरिय प्रतिस्पर्धा गर्न सक्ने गरी तयार गरिएको हो।संघका महासचिव सत्य थापा तथा अफिसियल विकास लामाले स्पष्ट पारे।

    नेपालको एक मात्र स्केटिङ्ग खेलको संघठन, नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिङ्ग एसोसिएसनलाई संघका अध्यक्ष श्री अच्युत खनालले नेतृत्व प्रदान गर्नु भएको छ।उहाँको सकृयतामा 10 बर्ष अगाडी संघ दर्ता भई, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुमा आवद्ध रही स्केटिङ खेल तथा प्रतियोगिताहरु आयोजना गरि तिब्र रुपमा यसको बिकास हुदै गएको छ।

    रोलर डर्बी खेलको नेतृत्वकारी भूमिकामा अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, अफिसियल बिकास लामा तथा टिम म्यानेजर सन्जु श्रेष्ठ रहनुभएको छ भने प्राविधिक तर्फ प्रमुख प्रशिक्षक दिलिप राज बराल तथा टिम क्याप्टेन पासाङ वाङ्ची शेर्पा र अभीषेक मानन्धर रहेका छन्। यस खेलको मुख्य खेल समाचार प्रकाशन तथा प्रशारणमा खेलकुद पत्रकारहरु बिनेद पाण्डे, प्रमोद जोसी, प्रकाश शाह, सन्तोष दाहाल, जीवन बस्नेत, गोबिन्द राज नेपालको मुख्य योगदान रहेको छ भने यस खेलको Promotion Team मा गौरब खनाल र सुरज बज्राचार्य रहेका छन् ।

    यस संघको निति नियम तर्जुमा गर्ने, संघलाई आवश्यक कानुनी परामर्ष प्रदान गर्ने तथा आवश्यक कानुनी मस्यौदा गर्न यस संघको कानुनी सल्लाहकारको रुपमा अधिवक्ता वैदिक मरासिनी र अधिवक्ता प्रियंका थपलिया रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij