Logo

Jun 30 2025 | २०८२, असार १६गते

Jun 30 2025 | २०८२, असार १६गते

images

बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको ९५औँ वार्षिक बैठकमा गभर्नर डा. पौडेल सहभागी

बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको ९५औँ वार्षिक बैठकमा गभर्नर डा. पौडेल सहभागी

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक अफ इन्टरनेशनल सेटलमेन्ट्सको (बिस)९५औँ वार्षिक बैठकमा सहभागी भई वितीय क्षेत्रका विषयमा सरोकारवाला सहभागीहरूसँग छलफल गरेका छन् ।सन् १९३०मा स्थापित ६३ देश सहभागी अन्तर्राष्ट्रिय वित्त संस्था बिसमा सहभागी गभर्नरहरूसँग डा. पौडेलले छलफल गरेका हुन् ।डा. पौडेलले ‘सीपीएमआई इमर्जिङ मार्केट्स एन्ड डिभलपिङ इकोनोमिज बिल्डिङ ग्याप्स, फिनान्सियल इन्क्लुजन, रिजनल इन्टिग्रेशन एन्ड क्रस बोर्डर पेमेन्ट्स’ तथा ‘बिस इनोभेशन हब सेमिनार एआई एन्ड सेफ्टी’ विषयक अन्तरक्रियामा सहभागिता जनाएको राष्ट्र बैंकले जनाएको छ ।

    bis1.jpg

    एआईको प्रयोग र बैंकिङ प्रणालीमा यसका चुनौतीका बारेमा छलफल भएको जनाइएको छ । साथै डा. पौडेलले ‘रेगुलेशन एन्ड कम्पिटिभनेश’ विषयक अन्तरक्रियामा पनि सहभागिता जनाएका थिए । प्राध्यापाक मउरिस अबस्फेल्डले ‘दी इन्टरनेशनल मनिटरी सिस्टम ः अ फोर्क इन द रोड’ शीर्षकमा एक कार्यपत्र प्रस्तुत गरेका थिए ।डा. पौडलेले बिसका महाप्रबन्धक आगिस्टन कार्सटेन्ससँग भेटवार्ता गरेका छन् ।

    बिसका बैंकिङ विभागका प्रमुख लुइस बोङ्गोचा नेतृत्वको पदाधिकारीहरूसँग पनि छलफल गरेका थिए। उनीहरूसँगको भेटमा विदेशी विनिमय सञ्चितिमा लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ उपकरणहरूमा लगानी विदेशी सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने  प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँगको सहकार्यबारे छलफल भएको जनाइएको छ । वार्षिक बैठकका क्रममा भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका गभर्नर सञ्जय मल्होत्रा र पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोङसेङसँग भेटघाट गरी दुई पक्षीय सम्बन्धका विषयमा बैंकिङ र भुक्तानीबारे छलफल भएको जनाइएको छ । गभर्नर पौडेलका साथमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला, गभर्नर कार्यालका निर्देशक एवं सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी समेतको सहभागिता रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij