Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

२९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी, बिक्री प्रबन्धकको जिम्मा हिमालयन क्यापिटललाई

२९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी, बिक्री प्रबन्धकको जिम्मा हिमालयन क्यापिटललाई

  • काठमाडौं।नेपाल धितोपत्र बोर्डले बुंगल हाइड्रो लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्काशनको अनुमति प्रदान गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न पाउनेछ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई लक्षित गर्दै जारी पूँजीको ३५ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार, कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

    नेपाल धितोपत्र बोर्डले २०८१ असार १५ गते कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति प्रदान गरेको हो। यस आईपीओ निष्काशनको व्यवस्थापन तथा बिक्रीको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

    बुंगल हाइड्रो लिमिटेडले यस सेयर निष्काशनबाट प्राप्त पूँजी आयोजना सञ्चालन, पूर्वाधार विस्तार तथा ऋण भुक्तानी जस्ता कार्यमा प्रयोग गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij