
काठमाडौँ । नेपाल चिकित्सक संघले उपभोक्ता अदालतबाट भएको चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै विरोध गरेको छ ।आन्दोलनको कार्यक्रम घोषणा गर्दै संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको हो ।
चिकित्सक संघले सरोकारवाला निकायहरूसँगको परामर्शपछि चरणबद्ध आन्दोलन गर्ने रणनीति बनाएको हो । संघले जनाए अनुसार सोमबारको विभिन्न अस्पतालका प्रमुखसहित एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल, अफिन, नेपाल औषधी उत्पादक संघ, नेपाल नर्सिङ एसोसिएसन, चिकित्सक समाज लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरी चिकित्सकीय लापरबाहीसम्बन्धी उजुरी काउन्सिलमार्फत हेर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संघका महासचिव डा. सञ्जिव तिवारीको संयोजकत्वमा टास्क फोर्स गठन गर्ने निर्णय पनि गरिएको छ । जसमा विभिन्न स्वास्थ्य संघसंस्थाका प्रतिनिधि रहनेछन् । सो टास्क फोर्सले सरकारका सम्बन्धित निकायसँग छलफल गरी चिकित्सा पेशाको स्वतन्त्रता र उत्तरदायित्व जोगाउन आवश्यक दबाब दिने योजना बनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij