Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

भारतको रासायनिक कारखानामा विस्फोटन हँदा  १४ जनाको मृत्यु

भारतको रासायनिक कारखानामा विस्फोटन हँदा  १४ जनाको मृत्यु

  • नयाँ दिल्ली ( एजेन्सी)  । भारतको दक्षिणी राज्य तेलङ्गानाको संगारेड्डी जिल्लामा रहेको एउटा रासायनिक कारखानामा सोमबार भएको विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरू धेरै घाइते भएका छन् । विस्फोटपछि कारखानाको ठूलो भाग भत्किएको छ । सरकारी अधिकारीहरूका अनुसार १४को मृत्यु भएको भारीय सञ्चार माध्यमहरूले जनाएका छन् । सो घटनामा ३५ जना घाइते भएका छन् ।

    यसअघि  जिल्ला दमकल अधिकृत बी. नागेश्वर रावले भने, “हामीले अहिलेसम्म दर्जन१२ जनाको शव फेला पारिसकेका छौं र अझै भग्नावशेषमा खोजी जारी छ ।” यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यममा देखाइएका दृश्यहरूमा घटनास्थलबाट बाक्लो कालो धुवाँ आकाशमा उठिरहेको देखिन्छ । तेलङ्गाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले घटनामा परी जनधनको क्षति हुनु दुःखद भएको व्यक्त गरेका छन् ।

    श्रम मन्त्री विवेक वेङ्कटस्वामीले केही घाइतेहरू भग्नावशेषमुनि फसेका रहेकाले उद्धार गरी उपचार गरिरहेको जानकारी दिएका छन् । भारतमा यस्ता दुर्घटनाहरू कहिलेकाहीँ हुने गरेका छन् । प्रायः यस्ता घटनामा सुरक्षा नियमहरूको पालना नहुनु मुख्य कारण भएको बताइन्छ ।सरकारले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विस्फोटन भएको बेला ६१ जना रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij