Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

नेक र सोना बीच व्यवसायिक गतिविधि सञ्चालनबारे समझदारी

नेक र सोना बीच व्यवसायिक गतिविधि सञ्चालनबारे समझदारी

  • काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेज (नेक) र नेपाली वास्तुविद् समाज (सोना) बीच शैक्षिक तथा व्यवसायिक गतिविधि सञ्चालन गर्न एक शैक्षिक समझदारी कायम भएको छ । नेक र सोना बीचको शैक्षिक साझेदारीले नेकमा शैक्षिक तथा व्यावसायिक गतिविधिहरूलाई थप समृद्ध बनाउने विश्वास  गरिएको छ ।

    समझदारी पत्रमा नेकका प्राचार्य दुर्गाप्रसाद भण्डारी तथा सोनाका अध्यक्ष ईश्वर लाल जोशीले हस्ताक्षर गरेका छन् । समझदारी भएअनुसार कलेजमा अनुसन्धान, वर्कशप, सेमिनार र विद्यार्थी संलग्नता कार्यक्रमहरूमा सहकार्यको ढोका खोल्ने कलेज सहयोगी र समन्वयी हुनेछ । समझदारीमा इन्जिनियरिङ र वास्तुकलामा नवीनता र नवप्रवर्तन प्रवद्र्धन गरिने, सीप विकास कार्यक्रम, दिगो र व्यवहारिक डिजाइनको प्रवद्र्धन गरिने, उद्योग र शिक्षाक्षेत्र बीचको सम्बन्ध मजबुत पार्ने तथा र विद्यार्थीको सिकाइका लागि विज्ञ वक्ताहरू बीचको अन्तरक्रिया, गोष्ठीहरूको आयोजना र सञ्चालन गरिने जनाइएको छ ।

    यो समझदारी पत्र  नेपालमा इन्जिनियरिङ र वास्तुकला शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको अपेक्षा गरिएको छ । सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले इन्जिनियरिङ र वास्तुकलाका विद्यार्थीहरूको सिकाइका लागि विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij