Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

६३ दिने भाखामा आज राष्ट्र बैंकले ६९ अर्ब निक्षेप संकलन गर्दै

६३ दिने भाखामा आज राष्ट्र बैंकले ६९ अर्ब निक्षेप संकलन गर्दै

  • काठमाडौँ । ६३ दिने भाखामा नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले असार १८ गते ६० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यसअघि असार  १५ गते ६३ दिने भाखामा ३० अर्ब रुपैयाँ उठाउन  बोलकबोलकर्तालाई आह्वान गरेको थियो ।

    राष्ट्र बैंकले ६३ दिने अवधिका लागि उठाउन लागेको ६० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले भदौ १८ गते फिर्ता पाइने जनाएको छ । राष्ट्रबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वितीय  संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने जनाउँदै सूचना जारी गरिएको छ ।

    बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखेको छ ।यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी नै छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij