Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३३.८१ अंकले बढ‍ेर २६९४.८१ विन्दुमा ,९ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३३.८१ अंकले बढ‍ेर २६९४.८१ विन्दुमा ,९ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ३३.८१ अंकले बढ‍ेर २६९४.८१ विन्दुमा आएको छ । आज ९ अर्ब  बढीको सेयर कारोबार भएको छ ।
    आज ३१६ स्क्रिपसको २ करोड ९७ लाख  ७६ हजार  ६०४ कित्ता सेयर ९ अर्ब ५६ करोड५२ लाख  ६२ हजार १९० रुपैयाँमा खरिदबिक्री भए। ग्रीन डेभलपमेन्ट बैंक,नेपाल  इन्स्योरेन्स र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    सिन्धु विकास बैंकको ९.२७ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.०५ प्रतिशतले बढ्यो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ५४ करोड  बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रहयो।

    साहस उर्जाले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्दा शप्तकोशी  डेभलपमेन्ट बैंकले ३४ करोड,लक्ष्मी सनराइज बैंकले २९ करोड र बुटवल  पावरको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

    सबै समूहको उपसूचकमा हरियाली छाएको छ। ​​​​​​​कोरोबारमा आएकामध्ये १८२ स्टक्सको मूल्य बढ्दा ६५ वटाको घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij