Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री, असार २७ बुक क्लोज मिति

खानीखोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री, असार २७ बुक क्लोज मिति

  •  

    काठमाडौँ । खानीखोला हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर बिक्रीको लागि असार २७ गते बुक क्लोज मिति तय गरेको छ। कम्पनीको निर्णयअनुसार, असार २६ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावरलाई १ः१ अनुपातमा कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति दिइसकेको छ।

    सिटिन्स क्यापिटल हकप्रद सेयर बिक्रीको प्रबन्धकको रूपमा रहनेछ। कम्पनीले हकप्रद सेयरबाट संकलन भएको रकम मुख्यतया बैंकको ऋण चुक्ता गर्न प्रयोग गर्ने जनाएको छ। हाल खानीखोला हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ भने हकप्रद बिक्रीपछि यो दोब्बर हुँदै ९३ करोड १४ लाख रुपैयाँमा पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij