Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण

  • म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औँजार र बिरुवा वितरण गरेको छ । 

    गाउँपालिकाको कृषि शाखाको आर्थिक वर्ष २०८१र८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार एक सय बयासी मिनिटेलर, मिल र थ्रेसर मेसिन तथा ३२ हजार चार सय वटा सुन्तला, कागती र अलँैचीको बिरुवा वितरण गरेको हो । 

    किसानलाई व्यावसायिक फलफूल खेतीप्रति आकर्षित गर्न र यान्त्रिकरणको माध्यमबाट खेती कार्यमा लागत घटाउन ५० प्रतिशत अनुदानमा औजार र बिरुवा वितरण गरिएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक जगत बानियाले बताउनुभयो । 

    खेतबारी जोत्न प्रयोग हुने मिनिटेल हलो डिजेलबाट चल्ने ६६ वटा, प्रेट्रोलबाट चल्ने ५८ वटा, विद्युत्बाट चल्ने मिल ४८ वटा र थ्रेसर मेसिन १० वटा वितरण गरिएको उहाँले बताउनुभयो । थ्रेसर मेसिन बालीको बोटबाट दाना झार्न प्रयोग हुन्छ । 

    यसैगरी बीस हजार अलैँची, सुन्तलाका आठ हजार बिजु, चार सय कलमी र कागतीका चार हजार बिरुवा पनि वितरण गरिएको कृषि प्राविधिक बानियाले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री ९पेमा०लगायत जनप्रतिनिधिको उपस्थितिमा बिरुवा र औजार वितरण गरिएको थियो । 

    सार्वजनिक सूचनामार्फत किसानबाट माग सङ्कलन गरी गाउँपालिकाको कार्यविधि अनुसार मापदण्डमा परेका किसान छनोट गरेर औँजार र बिरुवा वितरण गरेको कृषि प्राविधिक बानियाले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij