Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

असार १८ देखि २० सम्म भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम : सर्वसाधारणलाई सतर्क रहन आग्रह

असार १८ देखि २० सम्म भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम : सर्वसाधारणलाई सतर्क रहन आग्रह

  •  

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (असार १८ देखि २० गतेसम्म) देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागको मौसम पूर्वानुमान महाशाखाले विशेषगरी बाढी, पहिरो र डुबानको जोखिम उल्लेख गर्दै जनजीवनमा प्रतिकूल असर पर्न सक्ने चेतावनी दिएको छ। नदी, खोलानाला र पहाडी क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले त्यस्ता जोखिमयुक्त स्थानमा नजान अनुरोध गरिएको छ।

    यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार सूचना जारी गर्दै संभावित प्राकृतिक जोखिमबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    विभागले अत्यावश्यक बाहेकका यात्रामा रोक लगाउन, यात्रा गर्नै परेमा मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा गर्न सल्लाह दिएको छ। साथै, स्थानिय तह, सुरक्षा निकाय तथा उद्धार सम्वन्धी निकायहरूलाई तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij