Logo

Nov 18 2025 | २०८२, मंसिर २गते

Nov 18 2025 | २०८२, मंसिर २गते

images

विद्युत् विकास विभागद्वारा २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्र आह्वान

विद्युत् विकास विभागद्वारा २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्र आह्वान

  •  

    काठमाडौँ। विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गर्न लागिएको २४८ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्र आह्वान गरेको छ। बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभागले इच्छुक तथा योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी समूहहरूलाई निर्माण, सञ्चालन र हस्तान्तरण  मोडेलमा आयोजना निर्माण गर्न आवेदन दिन आह्वान गरेको हो।

    आशय पत्र माग गरिएका आयोजना मध्ये म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी–कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली आयोजना, र सोलुखुम्बु जिल्लाको २१.४ मेगावाटको इन्खु खोला आयोजना समावेश छन्। त्यसैगरी, म्याग्दी जिल्लामै रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर आयोजना र हुम्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ।

    यी आयोजना मार्फत सरकार निजी क्षेत्रको लगानी आकर्षित गर्दै जलविद्युत् क्षेत्रमा दिगो र प्रभावकारी विकासको दिशा अघि बढाउन चाहन्छ। इच्छुक कम्पनीहरूले तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित विभागमा आशय पत्र बुझाउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij