Logo

Aug 26 2025 | २०८२, भदौ १०गते

Aug 26 2025 | २०८२, भदौ १०गते

images

इप्पानद्वारा ‘मिसन २८,५०० मेगावाट’ नारासहित पावर समिट २०२५को घोषणा

इप्पानद्वारा ‘मिसन २८,५०० मेगावाट’ नारासहित पावर समिट २०२५को घोषणा

  •  

    काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले मिसन २८ हजार ५ सय मेगावाटु विद्युत उत्पादनको लक्ष्यसहित पावर समिट २०२५ आयोजना गर्ने भएको छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा इप्पानले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन सुनिश्चित गर्न पावर समिटको आयोजना गर्न लागिएको जानकारी गराएको हो।

    इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार, सो लक्ष्य प्राप्त गर्न झण्डै ६२ खर्ब रुपैयाँ लगानी आवश्यक पर्छ, जसमा करिब ५० खर्ब विदेशी लगानी आवश्यक हुनेछ। हालसम्म करिब ३,००० मेगावाट बराबरका परियोजनाले वित्तीय व्यवस्थापन ९फाइनान्सियल क्लोजर० गरिसकेको पनि उनले जानकारी दिए।

    अध्यक्ष कार्कीले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिइएमा लक्षित विद्युत उत्पादन सहज रूपमा सम्भव हुने बताए। पावर समिट २०२५ आगामी असोज १ र २ गते काठमाडौंमा हुने छ। समिटमा ३० भन्दा बढी देशका लगानीकर्ता तथा उर्जा क्षेत्रका विज्ञहरुको सहभागिता रहने अपेक्षा गरिएको छ।

    यो समिट नेपाललाई उर्जा निर्यात गर्ने मुलुकको रूपमा स्थापित गर्न र दीर्घकालीन उर्जा रणनीतिमा अन्तर्राष्ट्रिय साझेदारीको ढोका खोल्ने महत्वपूर्ण प्रयास हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij