Logo

Jul 03 2025 | २०८२, असार १९गते

Jul 03 2025 | २०८२, असार १९गते

images

हिमाचल प्रदेशमा भारी वर्षाका कारण सार्वजनिक सेवा तथा यातायात अवरुद्ध

हिमाचल प्रदेशमा भारी वर्षाका कारण सार्वजनिक सेवा तथा यातायात अवरुद्ध

  •  

    शिमला ।

    पछिल्लो गत २४ घण्टामा हिमाचल प्रदेशभरि भएको भारी वर्षाले सार्वजनिक सुविधाहरूमा व्यापक अवरोध ल्याउनुका साथै सडक, विद्युत् र पानी आपूर्ति योजनाहरू प्रभावित भएको राज्य आपत्कालीन सञ्चालन केन्द्र (एसइओसी)ले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे जारी गरिएको पछिल्लो रिपोर्टमा जनाएको छ ।  

     

    हिमाचल प्रदेश विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई २ मा दुई सय ४५ वटा सडक, नौ सय १८ वटा डिटिआर र छ सय ८३ वटा जलापूर्ति योजना अवरुद्ध भएको रिपोर्टको तुलनामा क्षति बढेको देखाएको छ । पछिल्लो तथ्याङ्कले धेरै जिल्लामा मनसुनको प्रभाव चिन्ताजनक वृद्धि भएको देखाएको छ ।

     

    धरमपुर ९४२०, सेराज ९३७०, थलौत ९३१० र करसोग ९२७० सहित विभिन्न उपखण्डमा एक सय ८६ वटा सडक अवरुद्ध भएका कारण मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित रहेको छ । 

     

    कुल्लुमा भारी वर्षाका कारण निर्मन्दमा २१ र बञ्जरमा ११ सहित ३७ वटा सडक अवरुद्ध भएको बताइएको छ । जिल्लामा १५ वटा डिटिआर अवरोध र ३३ वटा प्रभावित जलापूर्ति योजनाको पनि रिपोर्ट गरिएको छ ।

     

    काङ्गडाले १२ वटा सडक अवरुद्ध र तीनवटा डिटिआर अवरोध भएको रिपोर्ट गरे पनि पानी आपूर्ति योजनाहरू अप्रभावित रहेको बताइएको छ ।

     

    शिमलामा तीनवटा सडक अवरुद्ध र एउटा डिटिआर अवरुद्ध भएको छ भने १२ वटा पानी आपूर्ति योजनाहरू–मुख्यतया कुपवी र रामपुर उपविभागहरूमा–प्रभावित भएका छन् ।

     

    राज्य सरकारले अवस्थाको निगरानी गरिरहेको छ र वर्षाको गतिविधि जारी रहने अपेक्षा गरिएको हुनाले जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन सल्लाह दिएको छ ।

     

    सडक बन्द भएका ठाउँमा वैकल्पिक मार्गको व्यवस्था भइरहेको छ र उपयोगिता पुनःस्थापना टोलीहरूले प्रभावित क्षेत्रहरूमा अवरुद्ध बिजुली र पानी आपूर्ति प्रणाली पुनःस्थापना गर्न प्राथमिकताका साथ काम गरिरहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij