Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

संघीय संसद् : आज अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक

संघीय संसद् : आज अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक

  • काठमाडौं। संघीय संसद् अन्तर्गत आज शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएका छन्। बैठक बस्न लागेका समितिहरूमा अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति छन्।अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा दर्ता भएका संशोधन प्रस्तावमाथि प्रस्तावकर्तासँग छलफल गरिने कार्यसूची तय गरिएको छ।त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ। उक्त बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरिनेछ।आजको दुवै बैठकले सम्बन्धित विधेयकमाथि सांसदहरूबाट आएका प्रस्तावहरूमा गम्भीर छलफल गर्ने तयारी गरेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij