Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेपाल इन्सुरेन्सले ३४.७८% हकप्रद सेयर निष्कासन गर्ने

नेपाल इन्सुरेन्सले ३४.७८% हकप्रद सेयर निष्कासन गर्ने

  • काठमाडौं । नेपाल इन्सुरेन्सले साउन ६ गतेदेखि ३४.७८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। कम्पनीले १०:३.४७८३ अनुपातमा कुल १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ। हकप्रद सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार कुल जारी रकम १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ पुग्नेछ।

    कम्पनीले हकप्रद सेयर बिक्रीका लागि जेठ ३० गते बुक क्लोज गरिसकेको छ। त्यसैले जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिन सकिने अन्तिम मिति साउन २६ गते तोकिएको छ।

    नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ। हाल नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

    यस हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ। लगानीकर्ताहरू बिक्री प्रबन्धकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij