
काठमाडौं । युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्धन गर्नुपर्ने आवश्यकता युवाहरूले औँल्याएका छन् । सहभागीहरूले राष्ट्रिय युवा परिषद्को स्थापनासँगै २०७५ साल चैत्र महिनाको ३० गते को कार्यकारी बैठकले समग्र विकासलाई सकारात्मक परिणाम दिन तीनै तहका शासन प्रक्रियामा युवाहरूको अर्थपूर्ण संलग्नता आवश्यक प्रणालीमा जोड्न उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न तथा नीति कार्यक्रम बजेट र कार्यान्वयन युवाहरूलाई संलग्न गराउँदै नेपालको संविधान राष्ट्रिय युवा नीति युथ भिजन दिगो विकास लक्ष्य राष्ट्रका योजनाहरू राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु को कार्यान्वयनमा जोड दिर्नुपर्ने उनीहरूले बताएका हुन् । युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले युवामैत्री शासन प्रणालीको सुरुवात गरिएको कुरा जानकारी गराउँदै युवा मैत्रीमा लगानी गर्न उनीहरूले जोड दिए।
राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा आयोजित छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा दिपेश घिमिरेले स्थानीय सरकारको नीति कार्यक्रम र बजेटमा युवा युवा सहभागिता सुनिश्चित गर्न युवा मैत्री स्थानीय शासन जरुरी रहेको बताउँदै ४६ सूचक भएको युवा मैत्री शासनमा नीति निर्माण र कार्यान्वयनमा युवा संलग्नता सम्बन्धी १0 वटा सूचक युवासँग सरोकारका विषयवस्तुहरू सम्बन्धित २१ वटा सहभागिता र नेतृत्व सम्बन्धी सातवटा विशेष वर्ग तथा समुदायका युवा सम्बन्धी आठवटा सूचक रहेको बताउँदै विभिन्न मन्त्रालय निकाय र निजी क्षेत्र सबैलाई समेटेर युवा मैत्री शासन प्रवर्धन गर्न सकिने बताए। कार्यक्रममा यूएनडीपीबाट विनिता कार्की ब्रिटिस काउन्सिलबाट केवल श्रेष्ठ राष्ट्रिय युवा परिषदका पूर्व सदस्य तिलोतम पौडेल बालमैत्री अभियन्ता अशोक खनाल ले आफ्नो विचार व्यक्त गरे ।
गाउँपालिका महासङ्घ विकासका साझेदार संस्था परिषद्का सदस्यहरू सहित ४० भन्दा बढी सहभागी कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल अधिकारकर्मी मीना शर्मा। ले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा डिप्रेसनमा परेका युवा जोखिममा परेका युवा को सन्दर्भमा तथा मानसिक स्वास्थ्य जलवायु शासन सामाजिक सुरक्षा र समावेशिताका विषय हरु लाई थप व्यवस्थित गर्न सूचकहरूमा थप सुधार गर्न जरुरी रहेको बताए। परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले स्वागत गर्दै राष्ट्रिय युवा परिषद्ले युवाहरूको हकहित तथा अधिकारका निम्ति उपलब्ध स्रोत साधन अनुरुप काम गरेको बताउँदै सबैलाई सहकार्यको निम्ति अनुरोध गरे ।
चन्द्रा थापाले युवामैत्री शासन प्रवर्धनबाट पालिकाहरूले केही कार्यहरूको सुरुवात गरेकोमा खुसी व्यक्त गर्दै सबै क्षेत्र बीच तालमेल मिलेमा युवा मैत्री अभियान अगाडि बढाउन कुनै समस्या नरहेको बताए । युवा नीति युथ भिजन राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप युवामैत्री शासनलाई अगाडि बढाउने कुरा मा सबैको साथ र सहयोग जरुरी भएको बताउँदै कार्यक्रमका अध्यक्ष सुरेन्द्र बस्नेतले सबैलाई सहयोग गर्न र युवामैत्री शासनलाई स्थापित गर्न सहयोग पुर्याउन अपिल गरे ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij