Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

पेन्सन प्रणाली हटाउँदै, सरकारले नयाँ कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्दै

पेन्सन प्रणाली हटाउँदै, सरकारले नयाँ कर्मचारीका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्दै

  • काठमाडौं । आर्थिक वर्ष २०८२र८३ बाट नियुक्त हुने कर्मचारीहरूका लागि अबदेखि पेन्सन तथा उपदान प्रणालीको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली अनिवार्य रूपमा लागू गरिनेछ।

    यस उद्देश्यका लागि अर्थ मन्त्रालयले सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई आवश्यक तयारी र व्यवस्था गर्न परिपत्र पठाएको छ।

    मन्त्रालयले यो प्रणाली लागू नगरेका कारण भविष्यमा सिर्जना हुनसक्ने आर्थिक दायित्व नेपाल सरकारले बेहोर्ने छैन भन्ने स्पष्ट सूचना समेत दिएको छ। यसले सामाजिक सुरक्षालाई दिगो र दीर्घकालीन बनाउने सरकारको प्रयासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij