Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बन्दीपुर केबलकारलाई ५८ लाख ६० हजार कित्ता आइपीओ बिक्रीको अनुमति

बन्दीपुर केबलकारलाई ५८ लाख ६० हजार कित्ता आइपीओ बिक्रीको अनुमति

  • काठमाडौं। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सार्वजनिक निष्कासन (IPO) मार्फत सर्वसाधारण र स्थानीय बासिन्दालाई शेयर बिक्री गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५८ लाख ६० हजार कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको हो।

    यस सार्वजनिक निष्कासन अन्तर्गत कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारण दुवै वर्गका लगानीकर्तालाई लक्षित गरी शेयर बिक्री गर्नेछ। यस अभियानको बिक्री प्रबन्धकको भूमिका नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले निर्वाह गर्नेछ।

    बन्दीपुर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको यो कम्पनीले केबलकार सेवा तथा अन्य पर्यटन परियोजनामा लगानी गर्दै आएको छ। IPO मार्फत संकलित पूँजीलाई कम्पनीले पूर्वनिर्धारित संरचना निर्माण, सेवा विस्तार तथा वित्तीय सुदृढीकरणमा प्रयोग गर्ने जनाएको छ।

    धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएसँगै अब कम्पनीले IPO निष्कासनको मिति तोकी लगानीकर्ताहरूलाई सार्वजनिक सूचना दिनेछ। यो IPO लगानीकर्ताहरूका लागि स्थानीय पर्यटन क्षेत्रमा प्रत्यक्ष लगानीको अवसर पनि हुन सक्ने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij