Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

भन्सार नियमावली संशोधन पछि आयात–निर्यात गर्ने कम्पनीहरूको एक्जिम कोड जमानत फुकुवा गरिने

भन्सार नियमावली संशोधन पछि आयात–निर्यात गर्ने कम्पनीहरूको एक्जिम कोड जमानत फुकुवा गरिने

  • काठमाडौँ । सरकारले भन्सार नियमावलीलाई १६औं पटक संशोधन गरेको छ । संशोधन गर्दै एक्जिम कोड प्रदान गर्दा भन्सार विभागको नाममा राख्दै आएको तीन लाख रुपैयाँ बराबरको जमानतसम्बन्धी व्यवस्थालाई सरकारले हटाएको हो । अब पैठारीकर्ताहरुले जमानत राखेको बैंक जमानत फुकुवा हुनेछ । भन्सार विभागले हालै वाणिज्य बैंकहरुलाई एक पत्र लेखेर बैंक तथा शाखाहरुमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोर्ड) लिनका लागि राखेको ३ लाख रुपैयाँ बराबारको बैंक जमानत फुकुवा गरिदिन भनेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्जिम कोड लिँदा राख्नुपर्ने धरौटी हटाउने घोषणा बजेटमार्फत गरेका थिए । त्यसैगरी भन्सार विभागले लेखेको पत्र कार्यान्वयनका लागि सहजीकरण गर्न भन्दै राष्ट्र बैंकसम्म पुगेको छ ।

    भन्सार विभागकाअनुसार करिब १५ हजार एक्जिम कोड जारी भइसकेको छ । एक्जिम कोर्ड अन्तर्राष्ट्रिय स्तरमा व्यापार गर्नका लागि प्रयोग गरिने अनुमतिपत्र हो । आयात तथा निर्यात गर्दा यसको प्रयोग गर्ने गरिएको छ ।नेपालले १ सय ६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएकोमा  ३७ वटा मुलुकसँग व्यापार नाफा र १ सय २४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ ।चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।

    भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटा रहेको छ ।यसैगरी नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्र्याटिक, आइसल्याण्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलुकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।क वर्गका राष्ट्रिय वाणिज्य बैंकहरूका नाममा  बैंक जमानत सम्बन्धमा  शाखा अधिकृत प्रेमप्रसाद सुवेदीले पत्र लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij