Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एसियन लाइफ इन्सुरेन्सको ४२%/ हकप्रद सेयर निष्कासन, साउन १३ गतेसम्म आवेदन दिन सकिने

एसियन लाइफ इन्सुरेन्सको ४२%/ हकप्रद सेयर निष्कासन, साउन १३ गतेसम्म आवेदन दिन सकिने

  •  

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्स लिमिटेडले आजदेखि ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले १ः०.४२ को अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो। यस अनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो।

    हकप्रद सेयरका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद साउन १३ गतेसम्म तोकिएको छ।

    यस हकप्रद सेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन गर्न इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको नारायणचौर, नक्सालस्थित कार्यालय, एसियन लाइफ इन्सुरेन्सको तोकिएको शाखा कार्यालयहरू, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, वा ूमेरो सेयरू प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेकोमा, हकप्रद सेयर बिक्रीपछि पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij