Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

ग्लोबल आइएमई समुन्नत योजना २ को आवेदन अवधि साउन ४ गतेसम्म लम्बियो

ग्लोबल आइएमई समुन्नत योजना २ को आवेदन अवधि साउन ४ गतेसम्म लम्बियो

  •  

    काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आवेदन दिने अवधि साउन ४ गतेसम्म लम्बिएको छ। कम्पनीले असार २२ गतेदेखि इकाई बिक्री खुला गरेको हो।

    १० वर्षे बन्दमुखी प्रकृतिको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरमा कुल १२ करोड इकाई अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड इकाई बिक्रीमा ल्याइएको छ। यसमा १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई व्यवस्थापक तथा बीजपूँजीका लागि छुट्याइएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।

    न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ। आवेदन ग्लोबल आइएमई क्यापिटल तथा सम्पूर्ण आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखाबाट, साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि गर्न सकिनेछ।

    योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको यस म्युचुअल फण्ड योजनाको रेटिङ पनि सन्तोषजनक रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij