Logo

Sep 03 2025 | २०८२, भदौ १८गते

Sep 03 2025 | २०८२, भदौ १८गते

images

सुनचाँदी व्यवसायीहरूले न्यूरोड रत्नपार्क वरिपरि जुलुश निकालेर कोणसभा गरे

सुनचाँदी व्यवसायीहरूले न्यूरोड रत्नपार्क वरिपरि जुलुश निकालेर कोणसभा गरे

  • काठमाडौँ । आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले बुधबार राजधानीको न्यूरोड रत्नपार्क क्षेत्रमा सडक प्रदर्शन गरी विरोध जुलुश निकालेका छन् ।नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा उनीहरूले  बुधबार ¥यालीसहित कोणसभा कार्यक्रम गरेका छन्।

    sun1.jpeg
    न्युरोड जुद्धशालिकबाट ¥याली सुरु गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा उनीहरूले कोणसभाको आयोजना गरे ।उनीहरूले सुनमा लगाएको विलासिता कर खारेज गनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार यसरी विलासिता कर लगाउँदै हेर्दा २ प्रतिशतलगायतको करले साना उपभोक्ताहरूलाई ठुलो मर्का पर्ने र यसबाट व्यापार चल्न नसक्ने समस्या आएको छ । उनीहरूले पसल बन्द गरी आन्दोलन गर्दै आएका छन् ।बजेट पारित भएपनि उनीहरूको माग सम्बोधन नभएपछि फेरि उनीहरूले आन्दोलन गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij