Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारी आईपीओमा २७.५५ गुणा बढी आवेदन, ६ करोडभन्दा बढी संकलन

स्वस्तिक लघुवित्तको वैदेशिक रोजगारी आईपीओमा २७.५५ गुणा बढी आवेदन, ६ करोडभन्दा बढी संकलन

  •  

    काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गरी बिक्री खुला गरेको प्राथमिक सेयरमा अत्यधिक आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, आइतबार बिहान १०:६ बजेसम्म ३९ हजार ५७७ जना आवेदकले कुल ६ लाख ३६ हजार ५६० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो संस्थाले जारी गरेको सेयरभन्दा २७।५५ गुणा बढी आवेदन हो।

    स्वस्तिक लघुवित्तले असार २७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २३ हजार कित्ता सेयर सार्वजनिक रूपमा बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृत २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १० प्रतिशत हिस्सा ९२३ हजार कित्ता० वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो।

    यसका साथै, ०.५ प्रतिशत अर्थात् १ हजार १ सय ५५ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ११ हजार ५५० कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ। बाँकी रहेका १ लाख ९५ हजार ५९५ कित्ता सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा सार्वजनिक गरिनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij