Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

जोशी हाइड्रोपावरले साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने

  •  

    काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी साउन १५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालका शेयरधनीहरूलाई १ः०.६५ अनुपातमा (अर्थात ६५ प्रतिशत) २ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

    हकप्रद सेयरमा असार ७ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। प्रति कित्ता १०० रुपैयाँको दरले आवेदन गर्न सकिने यो सेयर भदौ ४ गतेसम्म खुला रहनेछ।

    यस हकप्रद सेयरको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले काठमाडौंको कमलपोखरीस्थित क्यापिटलको कार्यालय, नयाँ बानेश्वरस्थित जोशी हाइड्रोपावरको कार्यालय, वा लक्ष्मी सनराइज बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, र मेरो सेयर पोर्टलमार्फत अनलाइन आवेदन दिन पनि सकिनेछ।

    हाल जोशी हाइड्रोपावरको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij